चितवन

  • चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

    चितवन : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्। बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री बस्नेतले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो। ‘दिन प्रतिदिन चिकित्सकमाथि प्रहार खेदजनक छ। यसका बारेमा पट...

  • बिमाको औषधि एक महिनाको मात्र दिँदा अस्पतालमा घुइँचो

    चितवन : स्वास्थ्य बिमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा घुइँचो बढेको छ।  केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकामा पछिल्लो समय एक महिनामा मात्र प्रदान गर्न लागिएको हो। एक...

  • चितवनमा तालमा डुबेर एकजनाको मृत्यु

    चितवन : जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिकास्थित नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्ड...

  • चितवनमा जङ्गली जनावरको आक्रमण : दुई महिनामा चारजनाको मृत्यु

    चितवन : चालु आर्थिक वर्षको दुई महिनामा जंगली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुईजना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माछा मार्ने...

  • गोहीले आक्रमण गर्दा एकजनाको मृत्यु

    भरतपुर : चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतोको मृत्यु भएको हो।  शनिबार साँझ  महतो डुंगाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अ...

  • मुग्लिन–नारायणगढ सडक खुल्यो

    भरतपुर  : सुक्खा पहिरो खस्दा अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरो हटाएपछि सडक खुलेको इलाका ...

  • सुक्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

    भरतपुर : सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए। अहिले पहिरो ...

  • पढ्दै कमाउँदै : मासिक तीनदेखि आठ हजार कमाउँछन् विद्यार्थी

    चितवन : इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले बिहान सबेरैदेिख साँझसम्म विद्यालयमै व्यस्त रहन्छन्।  माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यो विद्यालयमा पढ्दै कमाउँदै का...

  • चितवनमा दुई ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु

    काठमाडौं : पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।  जिल्ला  प्रहरी कार्यालय चितवनका अनुसार  शनिबार बिहान राप्ती नगरपालिका ३ झुरझुरे भण्डाराबाट पूर्व जाँदै गरेको प्र.२.३००२ ख ५६०९ नम्बरको ट्रक र  विपरीत &nb...

  • छोनाम पर्व मनाउँदै चेपाङ समुदाय

    काठमाडौं चेपाङ समुदायले शुक्रबार छोनाम (न्वागी) पर्व मनाउँदै छ। यो पर्व हरेक वर्ष भदौ २२ गते पर्छ।  यो वर्ष पनि चेपाङ समुदायले सामूहिकरूपमा छोनाम (न्वागी) पर्व मनाउँदै छन्। शुक्रबार सामूहिकरूपमा छोनाम पर्व मनाउन लागिएको  नेपाल चेपाङ संघ बागमती प्रदेश स...

  • ‘क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ ’

    चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनास...

  • जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

    चितवन : पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएको बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेको छ। चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका १०८ परिवार अहिले खोला र वनजंगलको विकल्पको खोजीमा जुटेका हुन्। खोलानाला र वनज...

  • चितवनमा सम्बन्धविच्छेदका मुद्दा धेरै

    चितवन : चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र एक हजार २१६ दर्ता भएका छन्। यस्तै चेक अनादारको मुद्दा ७२२, अंशसम्बन्धी मुद्दा ६२६, लागुऔषधसम्बन्धी १६८ मुद्दा दर्ता भएका थिए। कार्यालयका सूच...

  • गल्ती गर्ने कर्मचारी, जरिवाना तिर्ने सेवाग्राही

    भरतपुर : राष्ट्रिय परिचयपत्र निःशुल्क प्रदान गर्ने राज्यको नीति छ। कानुन पनि राज्यले गल्ती गर्दैन भन्ने सिद्धान्तमा आधारित भएर बनाइन्छ। तर कर्मचारीको लापबाहीका कारण गलत विवरणसहित छापिएका राष्ट्रिय परिचयपत्र सच्याउन सेवाग्राहीले जरिवाना तिर्नुपर्ने भएको छ। बिहीबारको ...

  • जलविरे झरनाले कमायो २८ लाख रुपैयाँ

    भरतपुर : चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्य जलविरे झरना इच्छाकामना गाउँपालिकाका लागि आम्दानीको राम्रो स्रोत बनेको छ ।  झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यहाँ प्रवेश गर्ने पर्यटकबाट ५० शुल्क लिने गरिएको ...

  • भरतपुर अस्पतालमा चार सय शय्या नि:शुल्क

    भरतपुर : भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो।  अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार विज्ञप्ति जारी...

  • नारायणीको जल सतह अझै सतर्कता तहमाथि

    भरतपुर : नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ। जल तथा मौसम विभागका अनुसार सोमबार बिहान ५ : ५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ ।  आइतबार राति ९ : ३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले न...

  • प्रधानमन्त्री चितवनमा

    चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आएका छन्। प्रधानमन्त्री शुक्रबार साँझ चितवन आईपुगेका हुन्। प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड दुई दिनसम्म चितवनमा रहने छन्। प्रधानमन्त्री दाह...

  • चितवनमा डेंगु संक्रमणबाट एकजनाको मृत्यु

    चितवन : डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुषको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको ह...

  • अस्पतालको जग्गा बाँडेर सकियो, सडकमा पार्किङ

    भरतपुर : यहाँस्थिति सरकारी भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि पार्किङ अभाव भएको छ। अस्पतालको जग्गामा पार्किङ साँघुरो भएपछि सडकमा पार्किङ गर्न थालिएको हो। भरतपुर अस्पतालको ३० बिघा ११ कट्ठा छ धुर जग्गामध्ये अहिले अस्पतालसँग १२ बिघा मात्रै बाँकी छ। अस्पतालबाहि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]