भरतपुर : नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ। जल तथा मौसम विभागका अनुसार सोमबार बिहान ५ : ५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ ।
आइतबार राति ९ : ३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा ७.७ मिटर र नारायणी पुल नारायणगढमा ११.१५ मिटर छ । देवघाटमा ७.३ मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ।
नदीमा यसअघि गत असार २३ गते पानीको सतह ७.४२ मिटर पुगेको थियो । चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ।
नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।