तनहुँ कारागारमा क्षमताभन्दा बढी कैदी
दमौली : जिल्ला कारागार तनहुँमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ। दैनिकरूपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ। अहिले यहाँ ३२३ कैदीबन्दी छन्। कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार...