|
प्रतीकात्मक तस्विर

दमौली : जिल्ला कारागार तनहुँमा  क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ। दैनिकरूपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ। 

अहिले यहाँ ३२३ कैदीबन्दी छन्। कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल १६८ कैदी र १५५ थुनुवा गरी ३२३ जना कारागारमा छन् । कारागारमा महिलातर्फ २० र पुरुषतर्फ ११४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको छ। 

कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका दश, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका पाँच, लागुऔषधका ६९, डाकाचोरीका १३ बैदी छन्। यस्तै ठगीका तीन, मानव बेचबिखनका चार, जबर्जस्ती करणीका ९०, जबर्जस्ती करणी उद्योगका सात, अपहरणका तीन, भ्रष्टाचारका एक, हातहतियार खरखजानाका चार र अन्य नखुलेका ११ कैदीबन्दी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.