काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई गलत देखाउन कांग्रेसले सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। कांग्रेसले स...
काठमाडाैं : अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला अदालत विघटन गर्न सक्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले बताएका छन्।
ओलीले कुनैपनि बेला अदालत विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष लैजान सक्ने नेकपा निकट जनसांस्कृतिक महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पाण्डेले बताए।
संविधानविपरीत काम गर्नेको पक्षमा अदालतले फैसला दिने हो भने प्रधानमन्त्री ओलीलाई अदालतसमेत विघटन गर्न सक्ने अधिकार छ भनी भन्नुपर्ने उनले बताए। ‘यदि प्रधामन्त्रीले अदालत भंग गरिदिए भनेर राष्ट्रपतिलाई लगेर सही गराएर अदालत भंग हुन्छ? यदि अहिलेको यो संसद विघटनको कुरालाई अदालतले मान्यता दिने हो भने अदालतले के कुरा पर्खेर बसे हुन्छ भने अदालत भंग गर्ने कुरा पनि प्रधानमन्त्री केपी ओलीलाई छ भनेर भन्नुपर्ने हुन्छ।’
प्रधानमन्त्री ओलीको पार्टीको केन्द्रीय सदस्य बढाउने कदमलाई उनले माछा बजारको संज्ञा दिएका छन्। पार्टीमा रहेका केही नेताको समूहले केन्द्रीय कमिटी संख्या बढाउन सक्ने अधिकार राख्न नसक्ने उल्लेख उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।