|
फाइल तस्वीर

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ मत परेको हो। कुल ४० सदस्यीय प्रदेशसभा सदस्यमध्ये ३५ जनाले मतदानमा भाग लिएका थिए। 

सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेलको बहुमतले पारित भएको घोषणा गरिन्। 

कर्णालीमा सत्तारुढ माओवादी केन्द्रका १३, नेकपा एमालेका १० र नेकपा एकीकृत समाजवादीका एकजना गरी २४ सांसद भए पनि एकजना सांसद उपस्थित भएनन्। 

प्रस्तावको विपक्षमा १२ मत खसेको छ। मत दिन्न भन्नेमा राप्रपाको एक मत तटस्थ बसेको छ। 

प्रदेशसभामा नेपाली कांग्रेसका १४, राप्रपा र स्वतन्त्र १/१ जना सांसद छन्।

चैत २७ गते मुख्यमन्त्री बनेका कँडेलले १६औँ दिन हिजो एकजना मन्त्री नियुक्त गरेका थिए। अब विश्वासको मत लिइसकेर भोलि प्रदेश सरकारलाई पूर्णता दिने तयारी मुख्यमन्त्री कँडेलको छ। 

सत्तारुढ एमाले र माओवादीबीच ४/४ वटा मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.