जनकपुरधाम : धनुषा जिल्लामा ३३१ जनामा हात्तीपाइले रोग देखापरेको छ। जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकाम...
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा १० दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वाथ्य बिग्रँदै गएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
डा. केसीको स्वास्थ्य उपचारमा संलग्न प्रा. डा. दिव्यासिंह शाहका अनुसार डा.केसीलाई जति बेला पनि आपतकालीन अवस्थामा राख्नुपर्ने अवस्था आउन सक्छ। ‘कुनै पनि बेला आपतकालीन स्वास्थ्य सेवा आवश्यक पर्न सक्छ’, उनले भने।
डा. केसीलाई रिँगाटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेसी बाँउडिने गरेको मंगलबारको स्वास्थ्य रिपोर्टमा उल्लेख छ। केसीको रक्तचाप न्युन र अस्थिर छ। डा. शाहले पिसाबमा एसिटोनको कमी भएको र रगतमा सुगर, म्याग्नेसियम र क्याल्सियको मात्रा न्यून भएको बताए। रक्तचाप स्थिर राख्न लगातार अक्सिजन दिइएको र संक्रमणको सम्भावना उच्च रहेको उनले जनाकारी दिए।
स्वास्थ्य क्षेत्रमा सुधारका माग राखेर आठौँपटक अनसन बसेका डा. केसीले यसपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।