समाज

सप्तरीमा दुईवटा टाउको भएको बच्चा जन्मियो

साउन २३, २०७३

    सप्तरी : सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ। 

    सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो। 

    बालकको टाउकोको पछाडिपट्टि पनि टाउकोमा नाक, कान, मुख खासै विकसित नभए पनि आँखा भने दुईटै टाउकोमा पूर्ण विकसित भएको देखिएको अस्पतालका प्रमुख तारानन्द झाले जानकारी दिए। 

    बच्चालाई हेर्न अस्पतालमा सयौँको भीड लागेको अस्पतालले जनाएको छ। 

    यसअघि यादवको एक छोरा र एक छोरी रहेको परिवारजनले बताएका छन्। 

    बच्चालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रमुख झाले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]