|

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ।

हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । मुम्बईको जितमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजित इनिङ खेले । आईपिएलमा यादबको पहिलो तथा टि –२० क्रिकेटमा पाँचौ शतक हो । 

तिलक बर्माले नटआउट ३७ रन जोडे । त्यसअघि वानखेडे रंगशाला मुम्बईमा टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि ट्राभिस हेडले सर्वाधिक ४८ रन बनाए ।

नितिश कुमार रेड्डीले २० र म्याक्रो जानसेनले १७ रन जोडे । मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान ३ , अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १ विकेट लिए । जितपछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ । हैदराबाद ११ खेलमा १२ अंकसहित चौथो स्थानमा छ । प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.