फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली संघ (ईयू) आयोगका अध्यक्ष उसुला भान डेर लेनले चिनिया राष्ट्रपति सी जिनपिङलाई निष्पक्ष विश्वव्यापी व्यापार नियम स्वीकार गर्न आग्रह गरेका छन्।
सीको फ्रान्सको दुई दिने राजकीय भ्रमणका क्रममा उनीहरूले युरोप-चीन व्यापारमा सबैका लागि निष्पक्ष नियम पालनाको आग्रह गरे। ‘हाम्रो महादेशको भविष्य स्पष्टरूपमा चीनसँग सन्तुलित तरिकाले सम्बन्ध विकास गर्ने हाम्रो क्षमतामा निर्भर हुनेछ’, म्याक्रोनले भने।
जवाफमा चिनिया राष्ट्रपति सीले चीन र इयुले ‘साझेदार रहनुपर्ने र ‘रणनीतिक समन्वय गर्न’ र यसरी ‘विश्व शान्ति तथा विकासमा नयाँ योगदान दिनुपर्ने बताए।
म्याक्रोनले युक्रेनलगायत ‘प्रमुख सङ्कटहरू’ मा बेइजिङसँगका समन्वय ‘पूर्णरूपमा निर्णायक’ भएको भन्दै युक्रेन युद्धमा आधिकारिकरूपमा तटस्थ रहँदै चीनले अनिवार्यरूपमा रुसको समर्थन गरिरहेकामा युरोप चिन्तित रहेको बताए। ‘फ्रान्स र इयुले पनि युक्रेनविरुद्ध रुसको आक्रामक युद्ध अन्त्य गर्न रुसमाथि आफ्नो सबै प्रभावको प्रयोग गर्नका लागि चीनमाथि भरोसा गर्दछन्’, उनले भने, ‘युरोप र चीन दुवैको शान्ति र सुरक्षामा साझा चासो छ।’
म्याक्रोन र भान डेर लेन दुवैले वार्तामा व्यापारलाई प्राथमिकता दिएको संकेत गरे।उनीहरूले युरोपले चीनसँगको आर्थिक सम्बन्धमा आफ्नो ‘रणनीतिक स्वार्थ’ को रक्षा गर्नुपर्नेमा जोड दिए। ‘युरोप आफ्नो अर्थतन्त्र र यसको सुरक्षालाई जोगाउन आवश्यक पर्ने कठोर निर्णय लिन पछि हट्ने छैन’,उनीहरूले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।