काठमाडौँ : चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मुलुकमा भित्रने रेमिट्यान्स बढेको छ। नेपाल राष्ट्रबैंकले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ...
गोरखा : जिल्लाका सुनचाँदी व्यवसायीले राज्यले मागअनुसारको सुनचाँदी दिन नसकेको गुनासो गरेका छन्।
“हामीले मागेअनुसार सुनचाँदी पाएनौँ”, उहाँले भन्नुभयो – “बैंकले पनि सुनचाँदी दिन सकेको छैन। अन्यत्रबाट सुन ल्याउँदा जोखिम बढ्यो।” सुनचाँदी व्यवसायी महासङ्घको सिफारिस लिएर बैंकमार्फत सुनचाँदी लिँदै आएका व्यवसायीले मागअनुसार नपाउँदा व्यापार घटेको गुनासो गरेका छन्।
जिल्लाका सुनचाँदी व्यवसायीलाई एक सातालाई एक किलो सुन मात्रै उपलब्ध हुँदै आएको छ। “एक किलो सुन थप गर्न सके बजारको माग धान्न सकिन्छ,” अध्यक्ष विश्वकर्माले भन्नुभयो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष मोहनकुमार विश्वकर्माले व्यवसायीको मागअनुसार सरकारले सुन उपलब्ध गराउन नसकेको बताउनुभयो।
“हाम्रा व्यवसायीले माग गरेअनुसार सुन उपलब्ध गराएर व्यवसायीको फार्म अनुगमन गर्नुपर्छ,” उहाँले भन्नुभयो। वर्षौंदेखि सुनको अभाव झेल्नुपरेको भन्दै व्यवसायीले सुनको माग पूर्ति गर्न सरकारसँग माग गर्दै आएका छन्। जिल्लामा साना–ठूला गरी करिब ५० वटा सुनचाँदी पसल छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।