समाज : सुरक्षा/अपराध

निर्मला बलात्कार र हत्या : प्रहरीले गठन गर्‍यो डिआइजीको नेतृत्वमा शक्तिशाली समिति

भदौ ३१, २०७५

    काठमाडौं : बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको छानबिन गर्न नयाँ समिति गठन गरिएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार उक्त घटनाको छानबिन गर्न डीआइजी धिरु बस्नेतको नेतृत्वमा समिति गठन गरेको हो।

    प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी शैलेश थापाका अनुसार समितिमा ९ जना सदस्य रहेका छन्। बस्नेत प्रहरी अतिरिक्त महानिरीक्षक बढुवामा सिफारिस भएका छन्। समितिका अन्य सदस्यमा एसएसपी उत्तम सुवेदी, निरजबहादुर शाही, डिएसपी रमेश थापा, दधिराम न्यौपाने र कैशल बुढाथोकी रहेका छन्।

    यसअघि प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा उक्त घटनाको छानबिन गर्न समिति गठन गरेको थियो। उक्त समितिलाई पुनर्संरचना गर्दै डिआइजी बस्नेतलाई नेतृत्वमा ल्याइएको प्रवक्ता थापाले जानकारी दिए।

    यो समितिले निर्मला बलात्कार र हत्याको अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकारीहरूमाथि पनि छानबिन र अनुसन्धान गर्ने बताइएको छ।

    गृहमन्त्रालयले उक्त घटनाको छानबिन गर्न सहसचिव हरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको छ। उक्त समितिले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ। जसले प्रहरीले अनुसन्धानमा लापरबाही गरेको प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]