|

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा श्रीमान्‌ले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन्। दोगडाकेदार-२ कफलकोटका ३४ वर्षीय महेश महराले पत्नी ३२ वर्षीया वसन्ती महरालाई चक्कु प्रहार गरेका हुन्। 

आइतबार अपराह्न घरको आँगनमा गहुँ चुट्ने क्रममा वसन्तीमाथि चक्कु प्रहार भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। 

चक्कु प्रहारबाट वसन्तीको कम्मरमा चोट लागेको छ। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जनाइएको छ। वसन्तीका श्रीमान् महेशलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.