काठमाडौं : गृहमन्त्री रवि लामिछानेले आफूले केही वर्षअघि दिएको अभिव्यक्ति खोतलिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। कतारी ...
काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार पनि संसद बैठक अवरोध गरेको छ। आइतबार ११ बजे बोलाइएको संसद बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले बोल्दै सरकारले भूकम्प गएको १४ महिना भइसक्दा पनि पीडितलाई राहत नदिएको भन्दै आफुहरुको माग संबोधन नभएसम्म सदन चल्न नदिने जानकारी गराए।
त्यस लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए। सभामुख ओनसरी घर्तीले पटक पटक बस्न आग्रह गरेपनि उनीहरु नबसेपछि संसद बैठक एक घण्टाका लागि स्थगित गरेकी छन्।
संसदमा प्रधानमन्त्री केपी ओलीले आइतबार संबोधन गर्ने कार्यक्रम भएपनि कांग्रेसले अवरोध जारी राख्यो। कार्यसुचीमा प्रधानमन्त्रीले काबुल घटनामा मारिएका नेपालीहरुको मृत्युको विषयमा जानकारी गराउने उल्लेख भएपछि कांग्रेसले विरोध जारी राखेको छ।
भूकम्प पीडितलाई एकमुष्ट २ लाख रुपैयाँ दिनुपर्ने माग राखेर सरकारको जवाफ माग्दै संसद अवरुद्ध पार्दै आइरहेको छ। सत्तारुढ एमालेले भने कांग्रेस सरकारकै पालामा तयार भएको कार्यविधिका कारण भूकम्प पीडितलाई एकमुष्ट २ लाख रुपैयाँ दिन नमिल्ने दावी गर्दै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।