स्वास्थ्य

विराट आँखा अस्पतालमा रेटिनाको शल्यक्रिया सुरु

चैत १६, २०७५

    विराटनगर : विराट आँखा अस्पतालले अत्याधुनिक मेशिनको प्रयोगबाट रेटिनाको शल्यक्रिया सुरु गरेको छ। 

    अस्पतालले शुक्रबार पत्रकार सम्मेलनको गरी तीन करोड रुपैयाँ लागतमा खरिद गरिएको उक्त मेशिनबाट सेवा सुरु गरेको जनाएको छ। अस्पतालका सञ्चालक राजेश प्रसाईले उपचारका लागि आउने बिरामीमध्ये आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्न अन्य अस्पताल पठाउनु परेको समस्या अब अन्त्य भएको बताए। 

    अस्पतालले वार्षिक एक लाखलाई बहिरङ्ग सेवा र १६ हजार बिरामीको शल्यक्रिया गर्दै आएको छ। देशभरमा करिब ३५ वटा आँखा अस्पताल रहेकामा यस्तो सेवा धेरै कम अस्पतालले उपलब्ध गराएको उनले दाबी गरे। उक्त सेवाबाट प्रदेश १ का साथै छिमेकी भारतको बिहारलगायतका क्षेत्रका बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ। अस्पताल २०६८ फागुनदेखि सञ्चालनमा आएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]