राजनीति

राजनीतिमा पनि सफाइ जरुरी : सभामुख महरा

File Photo
असार १४, २०७६

    काठमाडौं : सभामुख कृष्ण बहादुर महराले माफियाले देशै हडप्न खोजिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

    शनिबार भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही मान्छेले देशै हड्प्न खोजेको बताएका हुन्।

    सार्वजनिक जग्गा, वन पोखरी, सामुदायिक वनलगायत प्राकृतिक सम्पदा व्यक्तिले हडप्ने प्रयास भइरहेको भन्ने सन्दर्भमा उनले ‘त्यत्ति मात्रै नभई केही मान्छे देशै हडप्न लागेको’ बताए। उनले यसलाई ‘राजनीतिक प्रदूषण’ को संज्ञा दिए।

    उनले भने 'प्रदूषण राजनीतिमा पनि छ। अहिले भर्रखरै यो सामुदायिक कुनै व्यक्तिको नाममा हडप्न खोजेको सुनियो। देशै हडप्न खोजेका छन् केही मान्छेहरूले। माफियाहरूले। यो राजनीतिक प्रदूषण हो।' उनले राजनीतिमा देखिएको प्रदूषणको पनि सफाइ जरुरी रहेको बताए।

    सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, बन , पोखरी लगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले सुरु गरिसकेको बताए। राष्ट्रिय वृक्षरोपण कार्यक्रमअन्तर्गत सो स्थानमा २ सय बढी एभोगाडोका विरुवा रोपिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]