काठमाडौँ : जापानी विदेशमन्त्री योको कामिकावाले वसन्तपुर दरवारक्षेत्रको भ्रमण गरेकी छन्। उनी एकदिने नेपाल भ्रमणमा आएकी हुन्।
पोखरा : आज असार १५, धान दिवस, अर्थात् दही चिउरा खाने दिन। असारलाई मानो रोपेर मुरी फलाउने महिना पनि भनिन्छ।
कृषि प्रदान देश भएकाले सरकारले पनि असार १५ लाई धान दिवसका रुपमा मनाउने गरेको छ। पछिल्लो समय १५ असारमा हिलोमै विभिन्न खेल र रोपाइँ गरेर पनि १५ असार मनाइन्छ।
पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकले सँगै हिलो खेले। रोपाइँ गरेर हिलोमै अनेक प्रतियोगितामा सामेल भएर १५ असार मनाएका छन्।
स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर पोखरा-१७ को महतगौँडामा रोपाईं महोत्सव आयोजना गरिएको छ। महोत्सवमा दही चिउरा खाने, हल गोरु दौडाउने, हिलो छ्यापाछ्याप गर्दै रमाउने, हिलोमै माछा समाउने, हिलोमै डोरी तान्ने, असारे गीत तथा रोपाइँ प्रतियोगिता गरिएको पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए।
हिलोमा भएका सबैखाले प्रतियोगितामा मेडलसहित नगद पुरस्कार प्रदान गरियो। महोत्सवमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसी लगायतले पनि सहभागिता जनाएका थिए। मेयर जिसी हली बनेर रोपाईंमा सहभागी भए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।