काठमाडौं : उपत्यकामा अव्यवस्थित रुपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप छ। व्यवस्थित बसोवास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ। पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङले सम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सबैलाई आएको छ।
डोजरले खनेको र इँटाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री वितरण गरिन्छ। न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ। राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडी जग्गा प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा मिचिएको अवस्था पनि छ।
तर, मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन। हेरौँ न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका तस्बिरहरु आजको फोटो फिचरमा :
तपाईंको ईमेल गोप्य राखिनेछ ।