

झापा-१/प्रतिनिधिसभा सदस्य

दल | नेकपा माओवादी केन्द्र |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | ३६१७३ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ बाट उम्मेदरी दिएका कार्की नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन्। २०१३ सालमा ओखलढुंगाको रुम्जाटारमा जन्मिएका कार्की सिन्धुलीका स्थायी बासिन्दा हुन्। रामराजाप्रसाद सिंहको नेतृत्वमा रहेको तत्कालीन जनवादी मोर्चाबाट राजनीति सुरु गरेका कर्की २०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील छन्। माओवादी जनयुद्ध सुरु हुनुअघि २०४८ सालमा भएको आम निर्वाचनमा कार्की सिन्धुलीबाट पराजित भएका थिए। २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा उनी पार्टीको मेची-कोसी इञ्चार्ज थिए।
सुरुदेखि नै पार्टीको केन्द्रीय सदस्य भएर अन्तराष्ट्रिय विभागको जिम्मेवारीसमेत सम्हालेका कार्कीले जनयुद्धमा अन्तराष्ट्रिय सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्बाह गरे। स्नातक तहसम्मको अध्ययन गरेका उनी राजनीतिक यात्राका क्रममा ३ वर्ष जेल बसेका छन्। २०६४ सालको चुनावमा ताप्लेजुङबाट उम्मेदवार बनेका कार्की फेरि पराजित भए। २०७० सालको चुनावमा उनी समानुपातिकतर्फबाट सभासद बने। कार्की आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बने। अहिले वाम गठबन्धनको उनी कांग्रेसका चर्चित युवा नेता विश्वप्रकाश शर्मासँग चुनावी प्रतिस्पर्धामा छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्