Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

कृष्णप्रसाद सिटौला
झापा-३/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ६८ -
प्राप्त मत ३११७१
लिङ्ग पुरुष
हालको पद केन्द्रीय सदस्य
शैक्षिक योग्यता: विज्ञान तथा कानुनमा स्नातक
अन्य विवरण:

वि.सं. २००६ सालमा तेह्रथुमको संक्रान्तिमा जन्मिएका सिटौला नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वमहामन्त्री हुन्। पार्टीको तेह्रौं महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका सिटौला शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग पछि पर्दै तेस्रो स्थानमा सिमित भए। त्यसपछि उनलाई केन्द्रीय सदस्यमा मनोनित गरियो। त्रिभुवन विश्वविद्यालयबाट बिएससी र बिएलसम्मको अध्ययन गरेका सिटौला पूर्वगृहमन्त्रीसमेत हुन्।

२०५६ सालको चुनावमार्फत पहिलोपटक सांसद बनेका सिटौला २०६२/०६३ सालको जनआन्दोलनपछि गठन भएको सरकारमा गृहमन्त्री बने। माओवादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सिटौला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका मुख्य सहयोगी मानिन्थे। सिटौला उपप्रधानमन्त्री, गृहमन्त्री र आपूर्तिमन्त्री बनिसकेका छन्। संविधान निर्माणमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो।

एमाले र माओवादीको समेत समर्थन पाएका राप्रपाका राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धामा रहेका सिटौलाको यो सातौँ चुनावी प्रतिस्पर्धा हो। उनी २०४८ को संसदीय निर्वाचनमा झापा- १ बाट एमालेका द्रोणप्रसाद आचार्यसंग पराजित भएका सिटौला २०५१ सालको संसदीय निर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा पराजित भए। २०७० सालको चुनावमा भने उनी झापा-३ बाटै विजयी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्