|

काठमाडौं : साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन्।

पश्चिम रुकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संयोजक मिश्रले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद अन्त्य नहुने बताए। उनले विभेद अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको धारणा व्यक्त गरे।

सरकारले विभेद भएका घटनाहरूमाथि छानविन गरी दोषिलाई कारबाही गर्न र सधैँका लागि विभेद अन्त्य गर्ने विषयमा काम गर्न नसकेको उनको ठम्याई थियो। यस्तै, अर्का वक्ता तथा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतीले विभेद अन्त्य गर्नका लागि यो यो आन्दोलन आजको आवश्यकता रहेको बताए। उनले हरेक क्रान्तीको सानो रुप हुने भन्दै यो यो क्रान्तीलाई छाड्न नहुने धारणा व्यक्त गरे। 'यहाँ हरेक क्षेत्रको विभेदलाई निर्मूल पार्न आवश्यक भइसकेको छ', उनले भने।

रुकुम घटनाका दोषीलाई कारबाही माग गर्दै माइतीघरमा प्रदर्शन

संयुक्त राजनीतिक दलित संघर्ष समितिका व्यक्तिहरुले ‘म भेदभाव नहुने समाज चाहन्छु’, ‘आफू विभेद गर्दिनँ अरूको विभेद सहन्‍न’, ‘यो देश दलितको पनि हो’, र ‘मान्छे हुन के के चाहिन्छ?’ लेखिएका ब्यानरहरू लिएर प्रदर्शन गरेका थिए।

कार्यक्रममा नागरिक अगुवा श्याम श्रेष्ठले दलितलाई अन्याय पर्दा दलितका लागि राजनिति गरेकाहरू लुकेको बताए। उनले आज जसका लागि राजनीतिक पार्टी सत्तामा पुगेका थिए। उनीहरूले यो मुद्धामा कुनै एक शब्द नबोलेकोमा दुख व्यक्त गरे। कार्यक्रममा बोल्ने अन्य वक्ताले पनि दलित आन्दोलनको सार्थकताबारे बोलेका थिए।

कार्यक्रममा बोल्ने अन्य वक्ताले पनि दलित आन्दोलनको सार्थकताबारे बोलेका थिए। रुकुम पश्‍चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते दलित केटा र मल्ल थरकी केटीबीच विवाह हुन लागेको निहुँमा ६ जना मारिएका थिए।

त्यस घटनामा परेर भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए। त्यसैगरी रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको पनि हत्या भएको थियो। उनीहरु सबैको शव भेरी नदी आसपास भेटिएको थियो।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.