|

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्याले ९२ लाख पार गरेको छ। मंगलबार बेलुकीसम्म विश्वमा ९२ लाख ४९ हजार बढी मानिस कोरोनाबाट संक्रमित भएका छन्। जसमा मृत्यु हुनेको संख्या ४ लाख ७५ हजार नाघेको छ। हालसम्म विश्वमा ४९ लाख ७० हजार ८ सय मानिस निको भएका छन्।

विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या २३ लाख ९५ हजार नाघेको छ। त्यहाँ १ लाख २२ हजार ७ सय ५३ बढी मानिसको ज्यान गएको छ।

यस्तै, दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ११ लाख १३ हजार बढी पुगेको छ । ब्राजिलमा हालसम्म ५१ हजार ४ सय मानिसले ज्यान गुमाएका छन्। यस्तै, रुसमा ५ लाख ९९ हजार संक्रमित हुँदा ८ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ ।

छिमेकी देश भारत कोरोनाबाट प्रभावित मुलुकको तालिकाको चौथो स्थानमा रहेको छ । भारतमा कुल संक्रमितको संख्या ४  लाख ४१ हजार पार गरेको छ । भारतमा १४ हजार मानिसको मृत्यु भएको छ । आज मात्रै त्यहाँ १५ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.