|

काभ्रे : जिल्लमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धुलिखेल सामुदायिक अस्पतालमा बुधबार पाँचखाल नगरपालिकाको २४ जनाको पिसीआर परीक्षण गरिएकोमा २ जनाको संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमित हुनेमा पाँचखाल नगरपालिका–९ का ३७ वर्षीय पुरुष र सोही नगरपालिका–६ का ३३ वर्षीय पुरुष रहेका छन्। उनीहरुमध्ये ३७ वर्षीय पुरुष भारतको नयाँ दिल्लीबाट २ असारमा र ३३ वर्षीय पुरुष साउदीबाट ७ असारमा पाँचखाल क्वारेन्टाइनमा आईपुगेका थिए।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले उनीहरुको नगरपालिकाको आइसोलेशनमा उपचार भइरहेको बताए। त्यस्तै काभ्रेका प्रमुख डा. झाको अनुसार पिसिआर परीक्षणका  लागि नगरबाट पठाइएमध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ।

त्यस्तै, पाँचखाल नगरपालिकाको प्रमुख महेश खरेलले नगरपलिकाको क्वारेन्टाइनमा रहेका २४ जनामा गरिएको परीक्षणमा २ जनाको पिसिआर पोजेटिभ आएको र बाँकीको नतिजा भने नेगेटिभ आएको जानकारी दिए।

जिल्लामा संक्रमित संख्या ९ पुग्यो

पछिल्लो समय काभ्रे जिल्लामा कोरोना संक्रिमतको संख्या दिनहुँ बढ्न थालेको छ। दिनदिनै थपिएसँगै अहिले जिल्लामा संक्रमितको संख्या ९ पुगेका छन्।

बुधबार मात्र जिल्लामा १ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा जिल्लाको बनेपा नगरपालिका–१० का २४ वर्षीय एक महिलामा कोरोना पुष्टि भएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाका अुनसार ती महिला बैदेशिक रोजगारबाट गत २९ जेठमा नेपाल फर्केकी थिइन्।

कोरोनालाई जितेर ६ फर्कि

संक्रमितमध्ये ६ जनाको उपचारपछि घर फर्किएका छन्। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा भेटिएको संक्रमितमध्ये ६ जना निको भई घर फर्किसकेको थाहा खबरलाई बताए।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई भक्तपुरको दुवाकोट र काठमाडौको टेकुस्थित आइसोलेसनमा राखी उपचार गरिएको थियो। काभ्रेका प्रमुख डा. झाका अनुसार उनीहरु मध्ये ५ जना भक्तपुर र १  जनालाई काठमाडौंमा लगिएका हुन्। यसअघि जिल्लामा दास्रोपटक भेटिएका ती युवाको टेकुमा उपचार भइरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.