काठमाडौं : गण्डकी प्रदेशका नेपाली कांग्रेसबाट विजयी सांसदहरुले लकडाउन अवधिमा सरकारले उपलब्ध गराउँदै आएको यातायात खर्च नलिने निर्णय गरेका छन्। गत शुक्रबार बसेको संसदीय दलको बैठकले यातायात भत्ता नलिने निर्णय गरेको दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले जानकारी दिए।
‘लकडाउन अवधिभर सार्वजनिक सवारी साधन चलेको छैन । त्यसैले सो अवधिको यातायात खर्च लिनु नैतिक आधारमा पनि सुहाएन’, सांसद दवाडीले भने, ‘त्यसैले शुक्रबार संसदीय दलको बैठक बसेर सार्वजनिक सवारीसाधन नचलुञ्जेल सम्म यातायात भत्ता नलिने निर्णय भएको छ।’
लकडाउन खुलेर सार्वजनिक गाडीहरु नियमित चल्न थालेपछि मात्र दलका सांसदले यातायात भत्ता लिने निर्णय भएको दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले बताए । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा कांग्रेसका १५ सांसद छन् । संसद बैठक चलेको दिन प्रदेश सभा सचिवालयले गाडी सुविधा नपाउने सांसदलाई ७ सय ५० रुपैयाँ यातायात खर्च वापत भत्ता दिँदै आएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।