हेटौंडा : बाग्मती प्रदेश राजधानी हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा कम्युनिस्ट युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।
जनताले स्थायी सरकारको लागि ओली नेतृत्वको नेकपालाई भोट दिएको भन्दै भारत वा अन्य कुनै देशको इसारामा प्रधानमन्त्रीको राजीनामा आफ्नै पार्टीको तर्फबाट मागिएको भन्दै हेटौंडामा प्रदर्शन भएको हो।
बुद्धचोकबाट सीमा चोकसम्म युवा तथा विद्यार्थीले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। युवा तथा विद्यार्थीले ‘आई एम विथ के पी ओली,’ ‘मान्छेको शान बोलीले नेपालको शान ओलीले,’ ‘अस्थिरता चाहिँदैन सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।
प्रदर्शन कार्यक्रममा ओली पक्षधरबाट नाराहरु लगाइएका थिए। युवा तथा विद्यार्थीले बुद्धचोकबाट हेडम्बीचोक, पल्पसा रोड, संगमचोक, स्कुलरोडसहित क्षेत्रमा र्यालीसमेत गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।