|

काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ६ सय ९५ रहेको छ। हाल मुलुकभर कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए।

नेपालमा  कोरोना संक्रमणबाट १० हजार ३ सय २८ जना मुक्त भएका छन्। कुल संक्रमितको ६०. ५३ प्रतिशत निको भएर फर्किइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ। त्यस्तै, मंगलबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३४ जना रहेका छन्। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार ३ सय २८ जना छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.