|
फाइल फोटो

धादिङ : थाक्रे गाउँपालिकामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। वडा नम्बर ६ रानीबारी कार्कीगाउँका ५४ वर्षीय सानुबाबु पन्तको मृत्यु भएको हो।

बिहीबार साँझदेखि परेको झरीले घरमाथि पहिरो खस्न थालेपछि सबैजना सुरक्षित ठाउँमा गएर बसेका थिए। सानुबाबुलाई भने गोठमा भएको भैंसी बाख्रा फुकाउन जाँदा शुक्रबार बिहान पहिरोले पुरेको स्थानीय हरि थापाले जानकारी दिए।

धादिङमा केही दिनयता पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.