|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको दैनिक ग्राफ उकालो लाग्न थालेको छ।  मंगलबार यहाँका थप ८० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा यहाँका ८० जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ गरिएको परीक्षणमा डोटीका ३५ र बझाङका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

यसैगरी सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। ७ महिने बालिकामा पनि संक्रमण देखिएको छ।

डोटीकै आदर्श गाउँपालिकाका ७ का तीन पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको छ। कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। ​

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार तीन सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भएका छन्। कोरोनाबाट यहाँका ९ जनाको मृत्यु भएको छ। यहाँ सोमबार २१ जनामा संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.