इलाम : सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलाममा कार्यरत ३५ वर्षीय शसस्त्र प्रहरी जवानलाई कोरोना देखिएपछि उनका परिवारसहित अन्यको स्वाब संकलन गरिएको छ।
इलामको माईजोगमाई-४ का स्थायी बासिन्दा जवानमा कोरोनाको लक्षणपछि ६ जना परिवारसहित 'कन्ट्याक्ट ट्रेसिङ' देखिएका २५ जनाको स्वाब संकलन गरिएको माईजोगमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए।
सशस्त्रका जवान गत असार २७ गते बिदामा घर आएका थिए। २९ गते कार्यस्थल फर्केपछि साउन ८ गते पीसीआर टेस्ट गरिएको थियो। साउन ११ गते आइतबार उनीसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
परीक्षणका लागि थप स्वाब संकलन गरिएकाहरुको रिपोर्ट पनि पोजेटिभ आए गाउँ नै सिल गर्न सकिने नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकबहादुर गिरीले जानकारी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।