|

काठमाडौं :  इङ्ल्याण्ड र आयरल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज हुँदैछ। 

खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे सुरु साउथह्याम्पटनमा हुनेछ। तीन खेलको श्रृंखला इङ्ल्याण्डले २–० ले जितिसकेको छ। 

इङ्ल्याण्ड पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ४ विकेटले बिजयी भएको थियो। इङ्ल्याण्ड आजको खेल पनि जितेर श्रृंखला क्लिनस्वीप गर्ने दाउमा हुनेछ भने आयरल्याण्ड सान्त्वना जितका साथ श्रृंखला अन्त्य गर्न चाहन्छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.