काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा सञ्चालन पुनः अन्योल भएको छ। लकडाउनका कारण स्थगित परीक्षा भदौ पहिलो सातादेखि सुरु गर्ने निर्णय भए पनि कोरोना संक्रमण बढ्दै गएपछि फेरि अन्योल भएको हो।
कोरोना संक्रमित दिनहुँ बढ्दै गएपछि त्रिविले परीक्षा गराउने वा नगराउनेबारे फेरि निर्णय गर्न लागेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोसीले परिस्थिति हेरेर पाँच दिनभित्र यसबारे निर्णय गर्ने बताए। यसअघि त्रिविले स्थगित भएको सबै संकायको परीक्षा भदौ पहिलो सातादेखि सञ्चालन गरी दशैंअगाडि सकाउने निर्णय गरेको थियो।
‘परीक्षा स्थगित गरिएको छैन,’ उनले थाहाखबरसँग भने, ‘समय अवस्था हेर्दै छौँ। के हुन्छ। चार/पाँच दिनमा सूचना निकाल्छौँ।’ यसरी नै कोरोना संक्रमित बढ्दै गएमा परीक्षा मिति सर्ने सम्भावना रहेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।