|
फाइल फोटो

काठमाडौं : मोरङमा कोरोना पुष्टि भएका थप दुई जनाको मृत्यु भएको छ। विराटनगर महानगर-९ का ४५ वर्षीय पुरुषको कोशी अस्पतालमा उपचारको क्रममा र रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको कोशी अस्पतालका निर्देशक चुमनलाल दासले थाहा खबरलाई जानकारी दिए।

 विराटनगरका पुरुष मंगलबार अस्पताल भर्ना भएका थिए उनको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको हो। दुवैजनाको मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ आएको निर्देशक दासको भनाइ छ। 

यसअघि विराटनगर ९ का पुरुषको पनि अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोमा उनको पनि रिपोर्ट पोजेटिभ आएको थियो। यसअघि गत सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो।

मोरङ सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.