नेपालगन्ज : बाँकेका कोरोना संक्रमितलाई निर्माणाधीन नेपालकै पहिलो खुला कारागारको नयाँ भवनमा राखिने भएको छ। आज संक्रमण पुष्टि भएका २८ मध्ये १६ जनालाई गनापुरस्थित खुला कारागारमा राख्ने तयारी भइरहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
उक्त कारागार करिब पौने २ करोडको लागतमा निर्माण भएको हो। कारागार परिसरमा निर्माण भएका २ वटा बन्दीगृहमा ४ वटा भान्सा घरसहित ३६ वटा कोठा छन्। संक्रमितहरुको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले कारागारमा विद्युत् जडान गरी खानेपानी व्यवस्था गरेर संक्रमितलाई राख्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामकुमार सोनकरले बताए।
खुल्ला कारागारमा ३२ वटा कोठा छन्। एउटा कोठामा २ जना संक्रमितलाई राख्दा पनि सहजै ६४ जनालाई राख्न सकिने छ। बाँकेमा आज थपिएका २८ सहित १ सय २ जना संक्रमितलाई आइसोलेसनमा राखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।