कोभिड-१९ {अपडेट}

सिरहाका २१ वर्षीय कोरोना संक्रमित युवाको मृत्यु

फाइल फाेटाे
साउन २३, २०७७

    जनकपुरधाम : सिरहाका एक कोरोना संक्रमित पुरुषको बिहीवार राति मृत्यु भएको छ। 

    धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहाको गोलबजार नगरपालिकाका १२ का २१ वर्षिय पुरुषको मृत्यु भएको हो। 
    उनी मृगौलाका बिरामी भएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलले जानकारी दिए। नियमित डायलासिस समेत गराउँदै आएका उनी केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो। 

    कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि जनकपुर लगिए पनि त्यहाँ उपचार सम्भव भएन। त्यसपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रजिअ अधिकारीले बताए। 

    उनका अनुसार मृतकको शव आज गोलबजार ल्याएर नेपाली सेनाले व्यवस्थापन गर्ने छ। 

सन्तोष यादव

यादव थाहा खबरका धनुषा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]