|
समाचार प्रतिनिधि तस्बिर

काठमाडौं : विराटनगरमा एक सातायता कोरोना समुदायस्तरमा फैलिसकेको छ। प्रदेश प्रहरी कार्यालय, विराट अस्पताल र कोशी अस्पताल हुँदै कोरोना समुदायस्तरमा पुगेको हो।

गत साउन ७ गतेदेखि सरकारले लकडाउन खोलेसँगै कोरोनाको स्थानीय संक्रमणले टाउको उठाएको हो। करिब ४ महिना लामो लकडाउनको अवधिमा विदेशबाट आएकामा मात्रै देखिएको कोरोना अब ट्राभल हिस्ट्री नभएकामा पनि देखिन थालेको हो।

पछिल्लो पटक नेपालका वीरगञ्‍ज, जनकपुर, नेपालगञ्‍ज र विराटनगरमा कोरोना समुदायस्तरमा देखिन थालेको छ। शुक्रबार विराटनगरका तीनजना पत्रकारमा पनि कोरोना देखिएको छ। यसअघि स्थानीय चिकित्सक, कर्मचारी र प्रहरीहरूमा देखिएको कोरोना फिल्डमा खटिएर रिपोर्टिङ गर्ने पत्रकारमा पनि देखिएको हो। 

विराटनगरका पत्रकार सञ्‍जीव खनालले आफूलाई पनि कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। उनीसहित अन्य दुईजना पुरुष पत्रकारलाई पनि कोरोना पुष्टि भएको छ।

उनले सामाजिक सञ्‍जाल फेसबुकमार्फत आफूलाई कोरोना भएको उल्लेख गरेका छन्। 'मलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ। मेरो अवस्था सामान्य छ। होम आइसोलेसनमा बसेको छु', उनले भनेका छन्, 'पछिल्लो १० दिनमा मेरो सम्पर्कमा आउनुहुने सम्पूर्ण साथीहरुलाई सतर्क रहेर कोरोना जाँच गराउनुहुन अनुरोध गर्दछु।'

मोरङमा मात्रै शुक्रबार एकैदिन ६४ जना नयाँ संक्रमित थपिएका छन्। हालसम्म जिल्लाभित्रकै ५ जनामा कोरोना पुष्टि भएर ज्यान गइसकेको छ। ज्यान गुमाउनेहरूमा ट्राभल हिस्ट्री नभएकाहरु समेत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.