संखुवासभा : सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरो पीडितलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले ५० लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ।
पहिरोबाट विस्थापित भएका ११० परिवारलाई राहत सामग्री उपलब्ध गराएको आरआरएनका अध्यक्ष हरि तामाङले बताए। प्रतिपरिवारलाई साधारण आवास सामग्री ११३ थान, किचन सेट (भाडाँकुडा) ११४ सेट, ब्ल्यांकेट २२३ थान उपलब्ध गराएको (अध्यक्ष तामाङले जानकारी दिए।
त्यस्तै, महिला र बालिकाहरुका लागि पनि लत्ताकपडा पनि उपलब्ध गराएको छ। ब्रस, साबुन, टर्चलगायत ७० झोला सामग्री उपलब्ध गराएको छ। पाँच वर्षमुनिका बालबालिकाहरुका लागि ५० झोला लत्ताकपडा, पाँच देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि ५० झोला लत्ताकपडा र १०० झोला स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आरआरएनका कोषाध्यक्ष मोहनकुमार पराजुलीलेजानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।