|

एजेन्सी : बलिउडमा भाइ-भतिजावादविरुद्दको आक्रोशको निसानामा सडक-२ परेको छ। अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पश्चात् बलिउडमा भाइ-भतिजावादको बहस चलिरहेको छ। जसको केन्द्रमा छन निर्माता निर्देशक महेश भट्ट। भाइ-भतिजावादलाई प्रश्रय दिने मध्ये एक भट्ट रहेको आरोप लगाइएको छ। उनी र उनको फिल्म दर्शकको निसानामा परेका हुन्।  

महेश भट्टको निर्माण तथा निर्देशनमा बनेको उक्त फिल्ममा संजय दत्त,आलिया भट्टको अभिनय रहेको छ।

अगस्ट १२ मा युट्युवमा ट्रेलर रिलिज भएपछि उक्त फिल्मप्रति आक्रोश व्यक्त गर्नेहरुको संख्या बढेको हो। सडक-२ सन २०९१ को सुपर हिट फिल्म सडकको सिक्वेल हो।

यो फिल्म २८ अगस्टमा हट स्टारबाट दर्शकमाझ आउदै छ। तर,सडक-२ को फिल्मको ट्रेलर रिलिजको ४८ घन्टामा करिब एक करोड डिसलाइक प्राप्त गरेको छ। उक्त फिल्मको कमेन्टमा धेरै दर्शकले सुशान्तको नाम लिएर श्रद्धाञ्जली अर्पण गरेका छन्। युट्युबमा प्राप्त भएको कुल प्रतिक्रियाको ९५ प्रतिशतले उक्त फिल्मलाई मन पराएका छैनन।

जो सोशल मिडियाको प्लेटफर्ममा सबैभन्दा धेरै डिसलाइक प्राप्त गर्ने पहिलो  फिल्म बनेको छ। दर्शकको आक्रोशले प्राप्त भएको डिसलाइकका कारण उक्त फिल्म दुनियाँको तेस्रो मन नपराइएको भिडियो बनेको छ।

ग्लोबल डिसलाइक चार्ट हेर्ने हो भने सडक-२ दुनियाँका सबैभन्दा बढी मन नपराइएको भिडियो बन्न सक्छ। तर, डिसलाइकको मामिलामा सडक-२ भन्दा अघि दुई भिडियो छन जुन विश्वव्यापी रुपमा धेरै डिसलाइक पाउने भिडियो हुन। सन् २०१८ मा रिवाइण्डले एक भिडियो पोस्ट गरिएको थियो।

जसमा युट्युबरलाई फिचर गरिएको थियो। जसले गर्दा विवाद उत्पन्न भएको थियो। यो भिडियोमा २०४ मिलियन भ्युज रहेको छ। जसमा १८ मिलियन डिसलाइक प्राप्त रहेको छ। जो सडक-२ को भन्दा दुई गुणा बढी हो।

यस्तै, युट्युवमा डिसलाइक पाउने दोस्रो भिडियो हो गायक जस्टिन विवरको 'बेबी' बोलको गीत। सन २०१० मा सार्वजनिक भएको उक्त गीतमा १ अर्ब भ्यु रहेको छ भने, ११.६ मिलियन डिसलाइक प्राप्त भएको छ। यसका डिसलाइक रेट ४५ प्रतिशत रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.