मुख्यमन्त्री क्‍वारेन्टाइनमा

|

डडेल्धुरा : सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण देखिएको छ। 

आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो। मुख्यमन्त्री निवासको गाडी चलाउँदै आएका २३ वर्षीय उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको छ।

मुख्यमन्त्री क्‍वारेन्टाइनमा

सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्‍वारेन्टाइनमा बसेका छन्। आफ्नै निवासमा सुरक्षित ढंगले सेल्फ क्वारेन्टाइमा बसेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिए। 

मुख्यमन्त्री भट्टले सोमबार कोरोना परीक्षण गराउने समेत उनले जानकारी दिए। ‘चालकमा कोरोना संक्रमण देखिएपछि उहाँ (मुख्यमन्त्री) सेल्फ क्‍वारेन्टाइनमा बस्नुभएको छ,’ओलीले भने, ‘स्वाब संकलन गरेर भोलि कोरोना परीक्षण गरिन्छ।’ 

संक्रमित चालक मुख्यमन्त्रीसँगै उनको परिवारसहित केही दिनअघि डोटी पुगेर फर्किएका थिए। मुख्यमन्त्रीसहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.