अनेरास्ववियुका पूर्वजिल्ला अध्यक्ष कांग्रेस प्रवेश

|

म्याग्दी : म्याग्दीलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै नेपाली कांग्रेस म्याग्दीले पार्टी सभापति शेरबहादुर देउवामार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

शुक्रबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरको नेतृत्वमा गएको टोलीले देउवाको निवासमा नै पुगेर प्रधानमन्त्रीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्न आग्रह गर्न गर्दै ज्ञापनपत्र बुझाएको हो। 

ज्ञापन पत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै कांग्रेस म्याग्दीले आपत्ति जनाएको छ। असार २५ र २६ गतेयता बाढीपहिरोले म्याग्दीमा २९  जनाको मृत्यु, ६ जना बेपत्ता हुनुका साथै सयौं विस्थापित र हजारौं रोपनी खेतीयोग्य जमिनमा पुुर्‍याए पनि संघीय सरकारले म्याग्दीलाई बेवास्ता गरेको कांग्रेसले आरोप लगाएको छ।

म्याग्दी, सिन्धुपाल्चोक र बागलुङ बाढीपहिरोबाट उच्च प्रभावित जिल्ला भए पनि सरकारले विपद् संकटग्रस्त क्षेत्रमा म्याग्दीलाई नसमेटेको भनी सभापति देउवालाई प्रधानमन्त्रीसँग भेटवार्ता गरी संकटग्रस्त जिल्ला घोषणा गर्न र आउने बजेट पुनर्निर्माणका लागि अनुदान दिन आग्रह गरेको कांग्रेस सभापति गर्बुजाले जानकारी दिए। 

उनका अनुसार म्याग्दीलाई संकटग्रस्त घोषणा गर्ने विषयमा देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ। देउवाले ज्ञापनपत्र बुझ्दै म्याग्दीलाई विपत संकटग्रस्त जिल्लामा समावेश गर्न प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने बताएका सभापति गर्वुजाले जानकारी दिए। 

ज्ञापन पत्र बुझाउन मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, नेपाली कांग्रेस जनसम्पर्क समिति काठमाडौंका अध्यक्ष चित्र केसी, जिल्ला सदस्य बलभद्र ढकाल लगायत टोली पुगेको थियो। 

कांग्रेसले बिहिबार पनि म्याग्दीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई जिल्ला विपद् संकटग्रत क्षेत्र घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ। यसैबीच नेपाल मगर संघ म्याग्दीले पनि शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

उता अनेरास्ववियु म्याग्दीका पूर्वजिल्ला अध्यक्ष रुद्र किसान नेपाली कांग्रेस प्रवेश गरेका सभापति गर्वुजाले जानकारी दिए। किसानलाई नेपाली कांग्रेसका सभापति देउवाले पार्टी सदस्य दिएका जनाइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.