|

धादिङ : आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाबाट एक पुरुष पक्राउ परेका छन्। 

छोरीलाई बलात्कार गरेको अभियोग लागेपछि अनुसन्धानका लागि प्रहरीले  बाबुलाई सोमबार पक्राउ गरी हिरासतमा लिएको हो। पक्राउ परेको पुरुष माथि चौध वर्षीया आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ। 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भएका ३५ वर्षका एक पुरुष माथि आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेपछि उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक  रवीन्द्र रेग्मीले बताए।

घरमा आमा र भाइ नभएको बेलामा असोज ८ गते पछिले पटक आफूलाई बाबुले बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छिन्। पीडित बालिकाको बालिकाको स्वास्थ्य परीक्षण पछि उनलाई प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएको छ। 

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदा समेत सहयोग नगरेको बालिकाको गुनासो छ। घरमा बसेर आफूले न्याय नपाउने देखेपछि घर छाडेर भागेको बालिकाले बताइन। बाबुले आफूलाई पटक पटक बलात्कार गर्दै आएकाले पिडा सहन नसकेर छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.