|

काठमाडौं : दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने ईपीएस भाषा परीक्षा २०२१ मा मात्रै सञ्चालन गरिने भएको छ।  सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा कोभिड-१९ का कारण २०२१ मा मात्रै हुने भएको हो।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकामणि नेउपानेले कोरोना महामारी कायमै रहेकाले परीक्षा मिति सारिएको बताए। ‘२०२० मै लिनुपर्ने सबै शाखाको परीक्षा कोरोनाले रोकिरहेको छ,’उनले भने,‘परीक्षा २०२१ मा मात्रै हुने देखिएको छ।’ उनले अहिले परीक्षाको बारेमा छलफल भने गरिरहेको जानकारी दिए।

उनले भने,‘परीक्षा नोभेम्बर डिसेम्बरमा गर्ने की भन्‍ने छलफल पनि चलिरहेको छ। तर, केही अहिले सम्म निर्णय हुन सकेको छैन। यो महिना भित्रमा निर्णय गछौँ।’ नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेकाले  परीक्षा पछाडि धकेलिने भएको हो। उनले तत्काल निर्णय लिन पनि नसकिएको बताए।

उनका अनुसार प्रत्येक वर्ष एक लाख भन्दा बढीले ईपीएस परीक्षा दिने गरेका छन। यो वर्ष भने कोरोनाका कारण करिब ९० हजार परीक्षार्थीले परीक्षा दिन पाएका छैनन्। 

सन् २००८ देखि नेपालमा ईपीएस भाषा परीक्षाको सुरुवात भएको थियो। ईपीएस शाखाका अनुसार कोरोना संकटका कारण करिब एक हजार भन्दा बढी श्रमिकले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि जान पाएका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.