|

काठमाडौं : २२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जका आवासीय चिकित्सकहरुले सडकमा निस्किएर प्रदर्शन गरेका छन्।

आइतबारदेखि आन्दोलन थालेका आवासीय चिकित्सकहरु सोमबार आधा घण्टासम्म एप्रोनमै सडकमा निस्किएर प्रदर्शन गरेका हुन्। उनीहरुले केसी सरकार सुतेको तर डाक्टर केसी जागेको भन्दै तत्काल माग पूरा गर्न दबाब दिएका छन्। 

सोमबारै केसीको आन्दोलनमा समर्थन जनाउन नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्मा त्रिवि शिक्षण अस्पताल पुगेर केही बेर धर्नामा बसेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.