|

झापा : दमक नगर प्रमुख रोमनाथ ओली र पत्नी लिला ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा भर्ना भएका छन्।

संक्रमितमध्ये वडा नं १० का वडाध्यक्ष बोधराज न्यौपाने आम्दा अस्पतालमा सञ्चालित आइसोलेसनमा छन्। अर्का एक जनप्रतिनिधि पनि संक्रमित छन्। ५१ वर्षका पुरुष जनप्रतिनिधि उनले आफ्नो पहिचान गोप्य राख्न चाहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दमकमा सञ्चालित क्वारेन्टाइनमा रहनेको संख्या भने बुधबारको दिन कुल १७ रहेको छ। 

नगर प्रमुख, वडाध्यक्ष सहितका जनप्रतिनिधीलाई संक्रमण भए पछि सर्वसाधारणमा भने त्रास छाएको छ। हाल सम्म नगरमा १८९ जनामा कोरोना संक्रमण देखिइसकेको छ। तीमध्ये १५५ जनाले कोरोना जितेका छन भने एक संक्रमित महिलाको मृत्यु भएको छ।

संक्रमितमध्ये नगर प्रमुख रोमनाथ ओलीसहित ३ जना जनप्रतिनिधि छन्। स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी, कर्मचारीदेखि सर्वसाधारण सम्म कोरोनाबाट पीडित छन्। अहिले नगरमा सक्रिय संक्रमितको संख्या ३३ रहेको छ।  तीमध्ये २५ जना होम आइसोलेसनमै उपचाररत छन्।

दमकमा कोरोना परिक्षणको लागि स्वाव संकलनको क्रम पनि जारी छ। हिजो र आज ठूलो संख्यामा स्वाब संकलन भएको छ। करिब साढे ३ सय जनाको स्वाव संकलन गरी परिक्षणका लागि कोटीहोमस्थित प्रयोगशाला पठाइएको छ।

यसअघि, संक्रमण देखिइसकेको व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव संकलन भएकाले थप ठुलो संख्यामा दमकमा संक्रमितहरु थपिने सम्भावना प्रवल छ। संक्रिय संक्रमितहरुले देशभरका कोभिड १९ विशेष अस्पतालहरु भरिभराउ भएका खबर सञ्चारमाध्यमहरु मार्फत बाहिर आइरहेका छन। संघीय सरकारले स्थानीय तहमै कोभिड १९ विशेष कम्तीमा ३० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सर्कुलर गरिसकेको छ।

तर दमक नगरपालिकाले अहिलेसम्म छुट्टै आइसोलेसन कक्ष सञ्चालन गरेको छैन। आम्दा अस्पतालमा केही आइसोलेसन कक्ष रहेका भए पनि प्राय खाली छैनन्। नगरपालिकाले छुट्टै कोरोना विशेष उपचारस्थल र संक्रमितहरूको मृत्यु भइहाले शव व्यवस्थापनका लागि कुनै पूर्व-तयारी गरेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.