|

तनहुँ : औषधि व्यवसायी र वित्तीय संस्थाका कर्मचारीसहित तनहुँमा ४४ संक्रमित थपिएका छन्। शुक्रबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार निजी अस्पतालका चिकित्सक, ३ वित्तीय संस्था, औषधि व्यवसायी, नगरपालिकाका कर्मचारी र थुनुवामा पनि कोरोना पुष्टि भएको हो। संक्रमितको यो संख्या तनहुँमा शुक्रबार अहिलेसम्मकै बढी हो। 

शुक्रबार व्यास नगरपालिकामा सबैभन्दा धेरै संक्रमित थपिएका व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। सोतीका अनुसार व्यास नगरपालिकामा मात्रै ३३ जना संक्रमित थपिएका छन्। व्यास नगरपालिका मुख्य बजार रहेकाले पनि संक्रमण भुस जसरी फैलिएको सोतीले बताए। 

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा व्यास–१ का २९ वर्षीया महिला र ३३ वर्षीय पुरुष, व्यास–२ का २१ वर्षीया महिला, २७, २९, २७, २८ र २६ वर्षीय पुरुष, व्यास–३ का ३८ वर्षीया महिला, २६, ५१ र ४३ वर्षीय पुरुष, व्यास–४ का ३८, ३८ र व्यास–५ का ४० र ३८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको उनले बताए। उनका अनुसार व्यास २ का ३ पुरुष र १ महिला, व्यास १ र ४ का एक÷एक जना महिला र व्यास १ का एक पुरुष गरी ८ जना प्रभु बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएको छ। 

व्यास २ का २८ वर्षीय पुरुष माछापुच्छ्रे बैंकका कर्मचारी हुन्। अन्य सबै कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएका हुन्। व्यास २ का २६वर्षीय पुरुष व्यास नगरपालिकाका आइटी अफिसर हुन्। 

शुक्लागण्डकी नगरपालिका–७ का ३४ वर्षीय पुरुष तनहुँ कारागारमा थुनुवा भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ४ थुनुवाको स्वाब नमुना संकलन गरिएकोमा एक जनामा संक्रमण देखिएको पहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

लक्षण देखिएका संक्रमितलाई जिपी कोइराला राष्ट्रिय श्वासपश्वास उपचार केन्दको आइसोलेसनमा पठाइएको सोतीले जानकारी दिए। मापदण्ड अनुसारको व्यवस्थापन भएकालाई होमआइसोलेसनमा बस्न दिने र अन्यलाई भने आइसोलसनमा लगिएको उनले बताए। 

त्यस्तै व्यास नगरपालिका–२, ३ र ४ नम्बर वडाका ५ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालायले जनाएको छ। व्यास नगरपालिका–२ का ४२ र ५९ वर्षीय पुरुष, ३ नम्बर वडाका ३४ वर्षीय पुरुष र २४ वर्षीया महिला र ४ नम्बरका ३२ वर्षीय पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। संक्रमितमध्ये एक जना औषधि व्यवसायी र एक जना वित्तीय संस्थाका कर्मचारी रहेको  बताइएको छ। 

त्यसैगरी क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा व्यास नगरपालिका–१ का ३७ वर्षीय पुरुष, २ नम्बरका ५३ र १२ वर्षीय पुरुष, ४ नम्बरका २७ वर्षीय पुरुष, ५ नम्बरका २८ वर्षीय पुुरुष, व्यास–८ का २५ वर्षीय पुरुष र १० नम्बरका ३४, ८ वर्षीय पुरुष र २८ र ४० वर्षीया महिला, नेपाल प्रहरी कार्यालय तनहुँमा कार्यरत ३८ वर्षीय पुरुष प्रहरीमा संक्रमण देखिएको छ। व्यास–५, ८ र १० नम्बर वडाका संक्रमितको क्वारेन्टाइनबाट स्वाब लिइएको हो भने अन्य सबै कन्ट्याक्ट टे«सिङमा परेको निर्देशनालयले जनाएको छ। 

त्यस्तै शुक्लागण्डकी नगरपालिकामा ६ जना र बन्दीपुर गाउँपालिकामा ५ जना गरी ११ जना नयाँ संक्रमित थपिएका छन। शुक्लागण्डकी नगरपालिका–४ का ३२ वर्षीय पुरुष, ५ नम्बर ३२ र ३९ वर्षीय पुरुष र ३२ वर्षीया महिला, ६ नम्बरका ४१ वर्षीय पुरुष र ८ नम्बर वडाका २३ वर्षीय पुरुषमा संक्रमण भएको निर्देशनालयले जनाएको छ। बन्दीपुर गाउँपालिका–१ का ४२ र १८ वर्षीय पुरुष, ३ वर्षीया बालिका र २२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.