काठमाडौं : युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत किङ्स इलाभेन पञ्जावविरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले टस जित्दै ब्याटिङ रोजेको छ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि शारजाहमा सुरु हुँदैछ। आरसीबीले आज पनि अघिल्लो खेलकै प्लेइङ सेटलाई मैदान उतारेको छ।
पञ्जावले प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन गरेको छ। उसले मन्दीप सिंह, मुजीबउर रहमान र प्रभु सीमरणलाई विश्राम दिँदै क्रिस गेल, दीपक हुड्डा र मुर्गन आश्विनलाई मौका दिएको छ।
जारी सिजनमा आरसीबी राम्रो लयमा देखिएको छ। उसले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ। आरसीबी १० अंकका साथ तालिकामा तेस्रो स्थानमा छ।
यता पञ्चाव भने धेरै म्याचमा जित नजिक पुग्दा पनि लगातार पराजय ब्यहोरिरहेको छ। उसले सात खेलमध्ये एक म्याचमा मात्र जित हासिल गरेको छ। पञ्जावले आरसीवीविरुद्ध नै जित हासिल गरेको थियो। पञ्जाव दुई अंकका साथ तालिकाको पुच्छरमा छ।
पञ्जावमा यो सिजनमा केएल राहुल कप्तान छन्। व्यक्तिगत रूपमा उनको प्रदर्शन शानदार रहे पनि टिमले भने लगातार पराजय ब्यहोरिरहेको छ। आरसीबीमा यो पटक पनि विराट कोहली नै कप्तान छन्।
सुरुवातका केही म्याचमा सस्तैमा आउट भए उनी पछिल्ला खेलमा लयमा देखिएका छन्। शारजाहको मैदानमा अन्य स्टेडियमको तुलनामा बढी रन बनिरहेको छ।
यो मैदानमा केही म्याचमा दुई सय बढी रन पनि बनेको छ। तर, पछिल्लो केही म्याचमा यो मैदानमा पनि हाइस्कोरिङ म्याच देख्न पाइएको छैन। यद्यपि आज दुबै टिममा विस्फोटक ब्याट्सम्यान भएकाले चौकारछक्काको वर्षा देख्न पाइने छ।
जारी संस्करणमा शारजाहमा ६ म्याच भएका छन्। जसमा पाँच पटक पहिला ब्याटिङ गर्ने टिमले जित हासिल गरेको छ। हालसम्म आईपीएलमा पञ्जाव र आरसीबीबीच २४ म्याच भएको छ। जसमा पञ्जावले १४ र आरसीबीले ११ म्याच जितेको छ।
आरसीबीको प्लेइङ-११ : आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, शिवम दुबे, वाशिङटन सुन्दर, क्रिस मोरिस, ईसुरु उडाना, मोहम्मद सिराज, नवदीप सैनी र युजवेन्द्र चहल।
पञ्जाबको प्लेइङ-११ : मयंक अग्रवाल, क्रिस गेल, केएल राहुल (कप्तान), निकोलस पूरान, ग्लेन म्याक्सवेल, दीपक हुड्डा, क्रिस जोर्डन, एम अश्विन, रवि बिश्नोई, मोहम्मद शमी र अर्शदीप सिंह।
तपाईंको ईमेल गोप्य राखिनेछ ।