पाल्पा : पाल्पामा एक सातामा तीन कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार अपरान्ह जिल्लाको बगनासकाली गाउँपालिका ७ खानीगाउँका एक पुरूष मृत्यु भएको छ।
७८ वर्षीय उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकास पन्थीले बताए। दम र मधुमेहका रोगीसमेत रहेका उनलाई कोरोना संक्रमण भएपछि आइसोलेनमा राखेर उपचार गरिएको थियो।
यसअघि तानसेन नगरपालिका २ का ८५ वर्षीय पुरूष र तानसेन नगरपालिका ७ का ३३ वर्षीय अर्का पुरूषको मृत्यु भएको थियो। ३३ वर्षीय ती पुरूषको गत शुक्रबार यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
सूचना अधिकारी पन्थीका अनुसार उनी मिर्गौला पीडित थिए। उनले नियमित डायलासिस गराउँदै आएका थिए। कोरोना संक्रमित ८५ वर्षीय पुरूषको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा केही दिन अघि मृत्यु भएको छ।
योसँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। तानसेन नगरपालिकाका पाँच जना, बगनासकाली गाउँपालिकाका एक जना र पूर्वखोला गाउँपालिकाका एक जनाको मृत्यु भएको छ।
पाल्पाा कोरोना संक्रमितको संख्या १०४१ पुगेको छ। जसमध्य ६६३ पुरूष र १७८ महिला रहेका छन्। कूल संक्रमित मध्य ७७० जना निको भएर घर फर्किएका छन्। २६४ सक्रिय संक्रमित विभिन्न अस्पताल तथा होम आइसोलेसनमा सुरक्षीत बसिरहेका छन्। संक्रमितमध्ये समुदायस्तरका ३३३ जना रहेका छन्। यहाँका ५५ जना स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।