|

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा २७ सय २० जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा १६ सय २८ जना पुरुष र एक हजार ९२ जना महिलामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लाको होम आइसोलेसनमा १० हजार ५ सय १ जना छन्। त्यस्तै ललितपुरमा २८ सय ९४ जना र भक्तपुरमा १७ सय १९ जना संक्रमित घरमै रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.