काठमाडौं : धरानमा थप एक ५२ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका ११ की महिलाको आज साँझ ५ बजे मृत्यु भएको हो।
प्रतिष्ठानमा उपचारत महिलालाई ३ गते कोरोना पुष्टि भइ ५ गते कोभिड अस्पतालमा भर्ना गरिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मृतकलाई उच्च रक्तचाप र मधुमेह रहेको थियो। यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या ७१ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।