|

काठमाडौं : चीनसँगको विवाद कायम रहेकै अवस्थामा विश्वका दुई शक्ति राष्ट्रहरू अमेरिका र भारतबीच रक्षासम्बन्धी सूचना आदानप्रादन गर्ने सम्झौता भएको छ।

भारत र अमेरिकाबीच बेसिक एक्‍सचेन्ज एन्ड कोअपरेशन सम्झौता (बेका) मा हस्ताक्षर भएको हो। दुई शक्तिशाली देशका बीचमा भएको सम्झौताको रुपमा निकै महत्त्वका साथ हेरिएको छ।

सो सम्झौताअनुसार रक्षासम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सालगायतका सूचनाहरु भारत र अमेरिकाबीच एकआपसमा आदान प्रदान हुनेछ। सम्झौताअनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउनेछ। सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने छ।

भारत र अमेरिका र विदेशमन्त्री र रक्षामन्त्रीको बैठकमा यो सहमति भएको हो। बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री भारत आएका थिए। हाल भारत भ्रमणका क्रममा रहेका अमेरिकी विदेशमन्त्री माइक पम्पिओले अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा रहेको बताएका छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि लद्दाखको गलवानमा गत जुनमा भारत र चीनबीच भएको झडपको विषयमा बोल्दै अमेरिकी विदेशमन्त्रीले यो घटनामा अमेरिका भारतको साथमा रहेको बताएका हुन्। पम्पिओ पछिल्लो समय निरन्तर चीनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.