|

काठमाडौं : हाल देशभर  कोरोना भाइरसका ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमितको संख्या रहेको छ। उनीहरु विभिन्न अस्पतालको आइसोलेशन र केही होम आइसोलेसनमा रहेको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल क्वारेनटिनमा २ हजार ६ सय ६६ जना रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९ सय ८९ जनाको पिसिआर विधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ५ सय १७ जनाको पोजेटिभ आएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। मन्त्रालयका पछिल्लो विवपरण अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ।
पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.